भारतको सर्वोच्च अदालतले ३४ वर्ष पुरानो घटनामा भारतीय कांग्रेस नेता तथा पञ्जाबका पूर्वमुख्यमन्त्री नवजोतसिंह सिद्धूलाई एक वर्षको जेल सजाय सुनाएको छ । बिहीबार सर्वोच्च अदालतले ३४ वर्ष पुरानो घटनामा पूर्वक्रिकेटरसमेत रहेका सिद्धुलाई जेल सजाय सुनाएको हो । सन् १९८८ डिसेम्बर २७ का दिन पञ्जाबको पटियालामा पार्किङमा सिद्धु र ६५ वर्षीय गुरनाम सिंहबीच हातपात भएको थियो ।
सिद्धु र उनका अर्का साथी रुपिन्दर सिंह पटियालाको शेरनवाला गेटनजिकै विवादपछि गुरनामसँग हातपात गरी फरार भएका थिए । उनीहरू गुरनाम ढलेपछि भागेका थिए । पछि उपचारका क्रममा गुरनामको अस्पतालमा मृत्यु भएको थियो । गुरनामका परिवारले सिद्धु र उनका साथीविरुद्ध पछि मुद्दा दायर गरेका थिए ।
सन् २००६ मा उच्च अदालतले