USAID

५७० स्थानीय तहको मतपरिणाम सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको ८० प्रतिशत मतपरिणाम आइसकेको जानकारी दिएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ८० प्रतिशत स्थानीय तहको मत परिणाम आइसकेको जानकारी दिएका हुन् । उनले हालसम्म ५७० स्थानीय तहको निर्वाचन परिणाम आइसकेको बताए ।

जसमध्ये प्रमुखमा १७४, उपप्रमुखमा १७४, अध्यक्षमा ३९६, उपाध्यक्षमा ३९६, वडाअध्यक्षमा ५ हजार ६५९, महिला सदस्यमा ५ हजार ६५३, दलित महिला सदस्यमा ५ हजार ५५६ र वडा सदस्यमा १ हजार २९५ गरी कुल २९ हजार ३०३ जना उम्मेदवार निर्वाचित भइसकेका उनले जानकारी दिए । बैशाख ३० गते स्थगित भएको अछामको साँफेबगरमा जेठ ६ गते पुनः मतदान हुने उनले जानकारी दिए ।

त्यसैगरी उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १२ र बाजुरा जिल्ला बुढीगंगा नगरपालिकाको सम्बन्धमा आयोगबाट निर्णय हुन बाँकी रहेको उनले