USAID

वीरगंजमा राजेशमानको ८ हजार भन्दा बढी मतको अग्रता

वीरगंज । स्थानीय तह निर्वाचनअन्तर्गत वीरगंज महानगरपालिकामा मतगणना जारी छ । ३२ मध्ये ११ वटा वडाको ३१ हजार ७०१ मतगणना सकिएको छ । नगर प्रमुख पदमा पाँचदलीय सत्ता गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टी (जसपा)का उमेदवार राजेशमान सिंहको अग्रता निरन्तर बढ्दै गएको छ । पछिल्लो गणनाअनुसार सिंहले १७ हजार दुई मत पाएका छन् ।

नेकपा (एमाले)का उमेदवार विजयकुमार सरावगीले आठ हजार ६५७ मत ल्याएका छन् । उनीहरूबीचको मतान्तर आठ हजार ३४५ छ । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उमेदवार गिरीश गिरीले ७७९ मत पाएको प्रमुख निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए । उनका अनुसार बिहीबार दिउँसो