महोत्तरीको एकडाराको अध्यक्ष र उपाध्यक्षमा जसपाका उम्मेदवार निर्वाचित

महोत्तरी । महोत्तरीको एकडारा गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टीका दीपनारायण मण्डल निर्वाचित भएका छन् । अध्यक्षमा मण्डल चार हजार ४९९ मत प्राप्त गरी र उपाध्यक्षमा चार हजार ६७१ मत प्राप्त गरी महजवी खातुन निर्वाचित भएका हुन् ।

अध्यक्ष पदका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी नेपालका रामछविला साहले दुई हजार ४११ र उपाध्यक्षमा सोही दलकी रुक्साना खातुनले दुई हजार ७६ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृत दीपककुमार खरेलले जानकारी दिए । गाउँपालिकामा जसपाले वडा नं १, २, ३ र ६ मा तथा लोसपाले वडा नं ४ र ५ मा जीत हासिल गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *