५४ हजार मत गणना गर्दा बालेन शाहले कटाए २१ हजार मत

काठमाडौं। काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र रूपमा उम्मदेवारी दिएका बालेन शाहले जारी मतगणनामा २१ हजार १११ मत ल्याएका छन्। बिहीबार बिहानसम्म ५४ हजार ६२१ मत गणना गर्दा शाहले २१ हजार बढी मत ल्याएका हुन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १० हजार ९९८ मत पाएका छन् भने नेपाली कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले १० हजार १७३ मत पाएकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *