लिखु तामाकोशी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका महत विजयी

मन्थली । रामेछापको लिखु तामाकोशी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका केशव महत निर्वाचित भएका छन् । महतले ५ हजार ११२ मत पाए भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कमलप्रसाद कडरियाले ४ हजार ८ मत ल्याए ।

उपाध्यक्षमा भने एमालेकी दीपा पाख्रिन विजयी भएकी छन् । कांग्रेस उम्मेदवार सरस्वती गुरुङलाई पराजित गर्दै पाख्रिन निर्वाचित भएकी हुन् । दीपाले ४ हजार १२६ मत प्राप्त गर्दा सरस्वतीले ३ हजार ९३३ मत ल्याइन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *