विराटनगरको मेयरमा एमाले भन्दा कांग्रेस उम्मेदवार ४ हजार मतले अगाडि

विराटनगर । विराटनगर महानगरपालिकाको मेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवारको अग्रता कायमै छ । प्राप्त पछिल्लो मतपरिणाम अनुसार प्रमुख पदका उम्मेदवार कांग्रेसका नागेश कोइराला १४ हजार ६१ मत ल्याएर अग्रस्थानमा छन् ।

उनका प्रतिस्पर्धी नेकपा (एमाले)का सागर थापाले १० हजार ६९२ र स्वतन्त्र उम्मेदवार उमेश यादवले चार हजार ५०१ मत प्राप्त गरेका छन् । यसैगरी उपमेयरमा नेकपा एमालेकी शिल्पा निराला कार्कीले १२ हजार २३२ मत प्राप्त गरी अग्रस्थानमा छिन् ।

उनका प्रतिस्पर्धी गठबन्धन दलबाट जनता समाजवादी पार्टी नेपालका अमरेन्द्र यादवले सात हजार ४४० र राप्रपाकी विन्दाकुमारी लुइँटेल आचार्यले तीन हजार ४७० मत प्राप्त गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *