बुटवल उपमहानगरमा एमालेका भट्टराई भन्दा गठबन्धनका पाण्डे ५ हजार मतले अगाडि

बुटवल । स्थानीय तह निर्वाचनको जारी मत गणनामा बुटवल उपमहानगरको मेयरमा गठबन्धनको तर्फबाट उम्मेद्वार बनेका खेलराज पाण्डेले मतान्तर फराकिलो बनाउँदै लगेका छन् । पछिल्लो पटक सार्वजनिक भएको मतपरिणाम अनुसार पाण्डेले नेकपा एमालेका बावुराम भटराईलाई ५ हजार १३ मतले पछाडि पारेका छन् ।

२७ हजार ५५७ मत गणना गर्दा पाण्डेयले १५ हजार ५८९ मत प्राप्त गर्दै अग्रता कायम राखेका छन् भने भट्टराईले १० हजार ५६७ मत प्राप्त गरेका छन् । यस्तै राप्रपाका मृगेन्द्र शेरचनको हलो चिन्हमा २ हजार ६४० मत प्राप्त गरेका छन् । उपमेयरमा भने नेकपा एमालेकी सबित्रा अर्यालले अग्रता कायम राखेकी छन् । उनले गठबन्धनका चिनबहादुर गुरुङलाई २ हजार ३ हजार ८४ मतले पछि पारेकी छन्। अर्यालले ११ हजार ७२५ मत प्राप्त गर्दा गुरुङले ८ हजार ६४१ मत प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *