USAID

नवलपरासीको सरावल गाउँपालिकामा एमालेका चौधरी निर्वाचित

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को सरावल गाउँपालिकामा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । बुधबार बिहान सकिएको मतगणनाको अन्तिम परिणामअनुसार गाउँपालिका अध्यक्षमा एमालेका सुखाडीप्रसाद चौधरी विजयी भएका हुन् ।

निकटतम् प्रतिद्वन्द्वीलाई दुई हजार ९७० मतको फराकिलो अन्तरले पछि पार्दै चौधरी निर्वाचित भएका हुन् । गाउँपालिका अध्यक्षमा निर्वाचित चौधरीले सात हजार ५९ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अनिलकुमार गौडले चार हजार ८९ मत ल्याए ।

गाउँपालिका उपाध्यक्षमा पनि एमालेकै बासमती हरिजन विजय भइन् । विजयी हरिजनले पाँच हजार ७४३ मत ल्याइन् भने निकटतम् प्रतिद्वन्द्वी निवर्तमान उपाध्यक्षसमेत रहेकी नेपाली कांग्रेसका उत्तमा रायले पाँच हजार ३४९ मत प्राप्त गरिन् ।

यसअघि यस गाउँपालिकाको अध्यक्षमा तत्कालीन फोरम लोकतान्त्रिक (पछि कांग्रेसमा समाहित) र उपाध्यक्षमा कांग्रेसले जितेको थियो । सातवटा वडा रहेको गाउँपालिकामा दुईवटा वडामा एमाले, तीन वटामा कांग्रेस र एक–एक वडामा माओवादी केन्द्र र राप्रपाले जित हासिल गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *