मतदाता शिक्षाको अभावमा वीरगञ्जमा ५३ प्रतिशत मत बदर

वीरगन्ज । मतदाताहरुलाई मतदान गर्न सिकाउनु भन्दा पनि मत किन्ने ध्याउन्नमा रहेका दल र खर्च बचाउन तल्लिन निर्वाचन आयोगका कारण यसपाली ५० प्रतिशत मत बदर भएको छ । बीरगञ्ज महानगर भित्रकै बदरमत ५० प्रतिशत कट्न थालेको हो ।

आर्थिक नगरी भनेर चिनिएको वीरगन्ज महानगरपालिकाको पछिल्लो सार्वजनिक मत परिणामको तथ्याँकले पनि यो कुरा पुष्टि गरिदिएको छ । मंगलबार पर्साको मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मत गणनाको पछिल्लो तथ्याँकमा ५३ दशमलब ८६ प्रतिशत मत बदर भएको पाइएको छ ।

बदर प्रतिशत उपप्रमुख पदमा ५० प्रतिशत नाघेको पर्साको मुख्य निर्वाचन कार्यालयले जनाएको छ । मंगलबार साँझ साढे सात बजे सार्वजनिक भएको नगरप्रमुख र उपप्रमुखको तथ्याँकमा १९ हजार ९ मत मध्ये उपप्रमुख पदमा १० हजार २ सय ३९ मत त बदर भएको तथ्याँकले देखाएको छ । यो प्रतिशतका आधारमा ५३ दशमलब ८६ प्रतिशत रहेको मुख्य निर्वाचन अधिकृतका कर्मचारीले बताए ।

देश आर्थिक तरलतातर्फ गए पनि खासै होस् नपु(याउने सरकार र विनियोजन गरेको रकमले जसरी पनि निर्वाचन सम्पन्न गराउन उद्धत्त निर्वाचन आयोगको कारण यो पटक मतदाता शिक्षा अभियान नै संचालन भएन । दलका उमेद्वारहरु पनि आफ्ना मतदातालाई मत हाल्न सिकाउनुभन्दा बढि प्रलोभनमा पार्न उदत्त रहे । त्यसैको परिणाम यस्तो आएको मत गणनास्थलमा भेटिएका स्थानीय नेता कार्यकर्ताले पनि तर्क गरे ।

राजनीतिक दलहरु पनि मतदाता शिक्षाका सवालमा यो पटक चुईंक्क बोलेनन् उनीहरुले भने । ‘यत्रो मत बदर हुँदो रहेछ’ वीरगन्ज १४ पिपराका मदन प्रसाद कुर्मीले बताए ‘मतदातालाई मतदाता शिक्षा जानकारी दिएको भए यत्रो मत बदर हुने थिएन ।’ उनले भने । राजनीतिक दलहरुले पनि पार्टीका आजीवन कार्यकर्तालाई पाखा लगाई मालदार उमेद्वारको खोजीमा तल्लिन हुँदा मत परिणाम बदरको प्रतिशत ह्वात्तै बढेको त्यहाँ परिणाम कुरेर बसेका स्थानीय दलका कार्यकर्ताले पनि तर्क गरे ।

वीरगन्ज महानगरको पछिल्लो गणनाको सार्वजनिक तथ्याँकमा नगरप्रमुखको पदमा पनि १९ हजार ९ मतमा ४ हजार ८ सय ३५ मत बदर भएको मुख्य निर्वाचन कार्र्यालयले सार्वजनिक गरेको तथ्याँकमा उल्लेख गरिएको छ । यो पनि २५ दशमलब ४३ प्रतिशत रहेको छ । राजधानी दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *