सार्वजनिक यातायातको भाडा वृद्धि(सूचीसहित)

काठमाडौं । सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । पेट्रोलियम पदार्थको मूल्य बृद्धि भएसँगै सरकारले बुधबारदेखि लागू हुनेगरी सार्वजनिक यातायातको भाडा बृद्धि गरेको हो । स्वचालित भाडा समायोजन अनुसार सार्वजनिक सवारीको भाडा वृद्धि हुन लागेको यातायात व्यवस्था कार्यालयले बताएको छ ।

पेट्रोलियम पदार्थमा ५ प्रतिशत तलमाथि हुँदा भाडा पनि तलमाथि हुने व्यवस्था रहेको छ । यातायात व्यवस्था विभागले बुधबारदेखि भाडा वृद्धि हुने गरेर नयाँ भाडा दर निकालेको छ । मालवाहक सवारीमा ५.१ प्रतिशत, अन्तर प्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा ३.५ प्रतिशत, पहाडी बाटोमा गुड्ने मालवाहक सवारीमा ४.६ प्रतिशत र तराइको बाटोमा गुड्ने मालवाहक सवारीमा ५.१ प्रतिशत भाडा वृद्धि भएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *