माडीको मेयरमा एमालेकी ताराकुमारी महतो विजयी

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्रमा पर्ने माडी नगरपालिकामा नेकपा एमालेले मेयर जितेको छ । एमाले–राप्रपा गठबन्धनकी उम्मेदवार रहेकी ताराकुमारी महतोले सत्ता गठबन्धनका उम्मेदवार ऋषि काफ्लेलाई २ हजार १७२ मतको फराकिलो अन्तरले पराजित गरेकी हुन् ।

महतोले ९ हजार ९०१ मत ल्याउँदा काफ्लेले ७ हजार ७२९ मत ल्याए । उपमेयरमा भने कांग्रेसका खेम महतो निर्वाचित भएका छन् । उनले ६ हजार ८३० मत ल्याए । एमालेबाट निर्वाचित बनेकी ताराकुमारी काजी महतो यसअघिको स्थानीय तहको निर्वाचमा उपमेयरमा निर्वाचित भएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *