USAID

कास्कीको मादी गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी

पोखरा । कास्कीको मादी गाउँपालिकाको अध्यक्षमा सत्ता गठबन्धनबाट कांग्रेसका देवीजंग गुरूङ र उपाध्यक्षमा नेकपा एमालेकी कल्पना गुरुङ निर्वाचित भएका छन् ।

अध्यक्षमा कांग्रेसका गुरुङले नेकपा एमालेका शिवबहादुर गुरूङलाई ८३४ मतान्तरले पराजित गरेका हुन् । देवीजंगले ६ हजार ५८४ मत ल्याउँदा शिवले ५ हजार ७५० मत प्राप्त गरे । उपाध्यक्षमा भने एमालेकी कल्पना गुरूङ निर्वाचित भएकी छन् ।

उनले गठबन्धनका तर्फबाट माओवादी केन्द्रका लालबहादुर गरूङलाई पराजित गरिन् । कल्पनाले ५ हजार ८२८ र लालबहादुरले ५ हजार ६१६ मत प्राप्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *