दक्षिण कोरियामा कोरोना संक्रमणबाट एकैदिन २७ जनाको मृत्यु

दक्षिण कोरियामा कोभिड १९ को संक्रमणबाट एकैदिन ३५ हजार जनाभन्दा बढी संक्रमित भएको पाइएको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार गएको २४ घन्टाभित्र मात्र यहाँ ३५ हजार ११७ जनामा कोभिडको संक्रमण भएको छ ।

दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टायतामा देखिएको यो संक्रमण पहिलेको भन्दा कम भए पनि उल्लेख्य मात्रामा कम हुन भने सकेको छैन ।

यहाँ पछिल्ला हप्ताहरुमा कोभिडका संक्रमित बढ्दै गएकाले अहिले १ करोड ७८ लाख ३० हजार मानिसमा कोभिडको संक्रमण पुगेको समाचारमा जनाइएको छ । यहाँ करिब दुई हप्ता अघिसम्म दैनिक कम्तीमा पनि १ लाख मानिसमा कोभिडको संक्रमण पुगेको पाइएको थियो ।

यो हप्ता भने त्यसमा कमी आएको छ ।संक्रमणबाट पछिल्लो पटक २७ जनाको ज्यान गएको बताइएको छ । यहाँ अहिलेसम्म कोभिडबाट २३ हजार ७२५ जनाको ज्यान गएको बताइएको छ । दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले यहाँका कोभिड संक्रमितहरुमा मृत्यु दर भने न्यून रहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *