USAID

नेपालद्वारा युगान्डालाई सामान्य लक्ष्य प्रस्तुत

bindu rawal- nepali womens cricket team player

काठमाण्डौं । घरेलु मैदानमा जारि टि-२० सिरिज अन्तर्गत भएको दोस्रो खेलमा नेपालले युगान्डालाई सामान्य लक्ष्य प्रस्तुत गरेको छ । टियु क्रिकेट मैदानमा जारि खेलमा नेपालले युगान्डालाई जीतको लागि १ सय २ रनको लक्ष्य प्रस्तुत गरेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १ रन बनाएको हो । नेपालको लागि बिन्दु रावलले सार्वाधिक २६ रन बनाइन् । उनले ३६ बलमा २ चौका प्रहार गरिन् । यस्तै सरिता मगरले २२ र कप्तान रुबिना क्षेत्रीले १७ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

युगान्डाको लागि जानेट म्बाबाजीले २ विकेट लिँदा इभेल्न अन्यिपो, कोंकी अवेको र रिता मुसामलीले एक/एक विकेट लिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *