USAID

रोल्पाका ६ पालिकामा माओवादी, दुईमा काग्रेस विजयी

रोल्पा । रोल्पाको एक नगरपालिकासहित पाँच गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) र दुई पालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।रोल्पा नगरपालिका, थवाङ, परिवर्तन, सुनिलस्मृति, माडी, लुग्रीगाँउपालिकामा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ, भने गङ्गादेव र रुन्टिगढी गाउँपालिकामा कांग्रेस विजयी भएको छ ।

रोल्पा नगरपालिकाको नगर प्रमुखमा नेकपा माओवादीका सुरेन्द्र थापा घर्तीले ७६०३ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका शेरबहादुर थापाले तीन हजार ६५८ मत प्राप्त गरेका थिए । उपप्रमुखमा माओवादीका गीता आचार्यले सात हजार ७४१ मत प्राप्त गरी विजयी भइन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका पुष्पा श्रेष्ठले तीहजार ७१९ मत प्राप्त गरिन् ।

दसवटा वडा रहेको रोल्पा नगरपालिकामा माओवादीले नौ वटा वडामा जितेको छ । नगरपालिकाको एउटा वडा भने नेपाली कांग्रेसले जितेको छ ।
थवाङ गाउँपालिका माओवादी विजयी भएको छ । निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उमेदवार दर्जित रोकामगरलाई ६१६ मतान्तरले पछि पार्दै माओवादीका ऋषिकेशव बुढामगर निर्वाचित भए । बुढाले दुईहजार १२२ मत पाउँदा रोकाको पक्षमा एक हजार ५०६ मत आएको थियो । उपाध्यक्षमा माओवादीका सर्मिला बुढामगर दुईहजार १२२ मत ल्याई विजयी भइन् ।

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस एमाले स्वतन्त्र गठबन्धनका उम्मेदवार रायबहादुर पुनले एक हजार ४६८ मत प्राप्त गरे । थवाङमा नेकपा माओवादी केन्द्रविरुद्ध कांग्रेस–एमाले–स्वतन्त्रले चुनावी तालमेल गरेका थिए ।

त्यसैगरी परिवर्तन गाउँपालिकामा माओवादीका शुकबहादुर बुढामगर तीन हजार ३११ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विश्वकुमार चन्दले तीन हजार १३१ मत प्राप्त गरे । उपाध्यक्षमा माओवादीका कलादेवी खत्रीनी तीन हजार ३८७ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सपना बुढामगरले दुई हजार ३०८ मत प्राप्त गरिन् ।

CivActsAd

Leave a Reply

Your email address will not be published.