USAID

बुलिङटार गाउँपालिका अध्यक्षमा एमालेका दीपेन्द्र सुनारी निर्वाचित

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को बुलिङटार गाउँपालिकामा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । नेकपा (एमाले)बाट गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका २७ वर्षीय दीपेन्द्र सुनारी चार हजार ५९ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । सुनारीका प्रतिस्पर्धी नेपाली कांग्रेसका शशीकिरण बस्ताकोटीले तीन हजार ९०० मत प्राप्त गरे । बस्ताकोटी निवर्तमान गाउँपालिका अध्यक्षसमेत हुन् ।

त्यसैगरी, गाउँपालिका उपाध्यक्षमा भने नेपाली कांग्रेसकी दिलमाया राना मगर निर्वाचित भएकी छन् । उनले चार हजार २७३ मत प्राप्त गर्दा एमालेकी उम्मेदवार भूमिका खण्डलुकले तीन हजार ५१९ मत मात्रै प्राप्त गरिन् । छ वटा वडा रहेको बुलिङटार गाउँपालिकाको पाँच वटा वडामा नेपाली कांग्रेसको प्यानलनै निर्वाचित भएको छ भने वडा नम्बर ५ मा नेकपा (एमाले)को प्यानल निर्वाचित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *