स्याङ्जाको भीरकोट नगरपालिकाको मेयरमा कांग्रेसका कर्माचार्य निर्वाचित

वालिङ । स्याङ्जाको भीरकोट नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका गोविन्दकुमार कर्माचार्य निर्वाचित भएका छन् । कर्माचार्य ६ हजार ५०४ मत ल्याई निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विश्वनाथ अर्यालले ५ हजार ६६९ मत पाए । उपप्रमुखमा नेपाली काँग्रेसकी भगवती रेग्मी अर्याल ७ हजार १९७ मतसहित निर्वाचित भइन् । उनकी निकटतम प्रतिस्पर्धी सरस्वती अधिकारीले ४ हजार ९२८ मत पाइन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *