यस्तो छ काठमाडौं महानगरपालिकाको पछिल्लो मतपरिणाम

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेका छन् । १५ हजार ५५१ मत गणना हुँदा महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार साहले ६ हजार १६ मतसहित अग्रता कायम गरिरहेका छन् । एमालेका केशव स्थापितले तीन हजार १४१, कांग्रेसका सिर्जना सिंहले दुई हजार ७८१ र राप्रपाका मदनदास श्रेष्ठले ५५३ मत प्राप्त गरेका छन् । ५१२ मत बदर भएको छ ।

उपप्रमुखमा एमालेका सुनिता डङ्गोलले अग्रता कायमै राखेकी छन् । डङ्गोलले छ हजार १७३ मत प्राप्त गर्दा नेकपा (एकीकृत समाजवादी)का रामेश्वर श्रेष्ठ एक हजार ६९० र राप्रपाका बिनिता मगैयाले एक हजार ३१४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

अहिले ३, ४, ५, ३१ र ३२ नं वडाको मत गणना जारी छ । वडा नम्बर १ को वडाध्यक्षमा एमालेका उम्मेदवार भरतलाल श्रेष्ठ विजय भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *