विजय जुलुसमा सहभागीलाई लिन जाँदा माइक्रो दुर्घटना,३ जनाको मृत्यु

दार्चुला । नेकपा (एमाले)को विजय जुलुशमा सहभागीलाई लिन जाने क्रममा गाडी दुर्घटना भएको छ । शैल्यशिखर नगरपालिका–६ ग्यानीमा माइक्रो दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

से १ ज २७७ नम्बरको माइक्रो बस गोकुलेश्वरबाट गनीतर्फ गइरहेको थियो । माइक्रो बस सडकबाट ५ मिटर तल रोल खोलामा खसेको हो । माइक्रो विजय जुलुशमा सहभागी हुनेहरुलाई ल्याउन गनी गएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *