USAID

पाल्पाको पूर्वखोला गाउँपालिकाको अध्यक्षमा एमालेका नुनबहादुर थापा निर्वाचित

पाल्पा । पाल्पाको पूर्वखोला गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका नुनबहादुर थापा निर्वाचित भएका छन् । थापा ६ हजार ३३ मतका साथ गाउँपालिका अध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका मिनप्रसाद गिरीले १२५७ मत मात्र पाएका छन् ।
उपमेयरमा एमालेकी भागीरथी भट्टराई निर्वाचित भएकी छन् । उनले ५ हजार ८३४ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी विष्णुकुमारी आचार्यले २ हजार २५० मत पाएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *