वीरगञ्ज, विराटनगर र बुटवलमा गठबन्धनका उम्मेदवारको अग्रता

काठमाडौं । वीरगञ्ज महानगरपालिका, विराटनगर महानगरपालिका र बुटवल उपमहानगरमा मेयरमा सत्ता गठबन्धनकै उम्मेदवारले अग्रता लिएका छन् । पछिल्लो मतपरिणामअनुसार तीनै स्थानमा गठबन्धनका उम्मेदवारले अग्रता लिएका हुन् ।

वीरगञ्ज महानगरपालिकामा गठबन्धनका सिहंको अग्रता

मधेश प्रदेशको एक मात्र महानगरपालिका पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार प्रमुख पदमा गठबन्धनका उम्मेदवार राजेशमान सिंहले दुई हजार २८२ मतसहित अग्रतालाई निरन्तरता दिएका छन् ।

यसैगरी नेकपा (एमाले)का उम्मेदवार विजयकुमार सरावगीले ९१६ मतसहित उनीसँग प्रतिस्पर्धामा छन् । महानगरपालिकाको मतगणना अनुसार हाल वडा न १, २, ३१ र ३२ को मतगणना जारी छ । मतणना गर्न लामो समय लाग्ने भएकाले अन्तिम नतिजा आउन एक साता लाग्ने छ ।

महानगरपालिका नेतृत्वका लागि गठबन्धन बनाउँदा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)का बीच एक समूह बनाएर तालमेल बनाएर सिंहलाई उम्मेदवार बनाएको छ भने नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच आर्को समूह बनाएर निवर्तमान् प्रमुख सरावगीलाई उम्मेदवार बनाएको हो ।
यद्यपि पर्साका वीरगञ्ज महानगरपालिका बाहेकका अन्य पालिकामा राजनीतिक दलबीच खासै तालमेल भएको छैन ।

पर्सामा मधेश प्रदेशको एक मात्र महानगरपालिका, वीरगञ्ज महानगरपालिकासहित अन्य तीन वटा नगरपालिका र १० वटा गाउँपालिका रहेका छन् । पर्साका अन्य पालिकामा पनि मतगणना जारी छ । जिल्लाको १४ वटौ पालिकामा मतगणनाका लागि मतगणनास्थलमा आवश्यक फलामे तारजालीसहित सिसिटिभि जडान गरी व्यवस्थापना मिलाइएको छ ।

पर्सामा रहेका कूल १४ वटा पालिकाको विभिन्न पदको जनप्रतिनिधिका निर्वाचनमा लागि कूल तीन हजार २९७ जना चुनावी प्रतिस्पर्धामा रहेका हुन् । पालिका रहेको पर्सामा हाल एक लाख ४८ हजार २८३ जना महिला र एक लाख ९१ हजार ५३७ जना पुरुष र १६ जना तेस्रो लिङ्गी गरी तीन लाख ३९ हजार ८३६ जना मतदाता रहेका थिए ।
विराटनगर महानगरको प्रमुख पदमा कांग्रेसको अग्रता
स्थानीय तह निर्वाचनअन्तर्गत विराटनगर महानगरपालिकाको ६ वटा वडाको सात हजार २६८ मतगणना गर्दा गठबन्धन दल नेपाली कांग्रेसले महानगर प्रमुख पदमा अग्रता लिएको छ ।

मुख्य निर्वाचन कार्यालय विराटनगर सूचना अधिकारी हेमबहादुर बुढाथोकीले मतगणनास्थल आदर्श विद्यालयबाट जारी गरिएको सूचनामा वडा नम्बर १, २, १६, १७, १८ र १९ नं को वडाको मतगणनामा नेपाली कांग्रेसका महानगर प्रमुख पदका उम्मेदवार नागेश कोइरालाले दुई हजार ३७७, नेकपा (एमाले)का सागर थापाले एक हजार ७१०, राप्रपाका प्रल्हादप्रसाद साहले ४३२ र स्वतन्त्र उम्मेदवार (लाल्टिन)का उमेश यादवले ७६३ मत प्राप्त गरेका छन् ।

यसैगरी उपप्रमुखमा एमालेकी शिल्पा निरौला कार्कीले एक हजार ९२३, गठबन्धन दलका तर्फबाट जनता समाजवादी पार्टी, नेपालका अमरेन्द्र यादवले एक हजार २०८, राप्रपाकी विन्दाकुमारी लुइँटेल आचार्यले ५२६, स्वतन्त्र उम्मेदवार नमिता न्यौपाने पोखरेल (लाल्टिन)ले ४७० मत प्राप्त गरेका छन् ।

यस्तै वडा नं १ को वडाध्यक्षमा कांग्रेस, वडा नं २ मा राप्रपा, वडा नं १६ मा कांग्रेस, वडा नं १७ मा समाजवादी पार्टी, नेपाल, वडा नं १८ मा स्वतन्त्र र वडा नं १९ मा एमालेका उम्मेदवारले अग्रता लिएका छन् ।

बुटवल उपमहानगरमा गठबन्धनका उम्मेदवारको अग्रता
बुटवल उपमहानगरको पछिल्लो परिणाममा मेयर पदमा एमाले उम्मेदवार बावुराम भट्टराईले आफ्नो मतलाई थप गर्दै कायम रहेको दुरी घटाएका छन् । झण्डै दोब्बर मतले अग्रता लिँदै गरेका गठबन्धनबाट कांग्रेस उम्मेदवारलाई रोकेर बावुरामले मतान्तर घटाएका हुन् । प्राप्त परिल्लो परिणाम अनुसार कांग्रेस उम्मेदवार खेलराज पाण्डेले २९४८ मत प्राप्त गर्दा नेकपा एमालेका बाबुराम भट्टराईले १८५१ मत पाएका छन् ।

राप्रपाका हलो मृगेन्द्र शेरचनले ८७८ भोट पाएका छन्। उपमेयरमा एमालेकी सावित्रा आर्यालको अग्रता कायम रहेको छ । अर्यालले २१३१ मत पाउँदा गठबन्धनमा नेकपा एकीकृत समाजवादीका चिन बहादुर गुरूङले १७६६ मत पाएका छन्। बुटवलमा उपमेयरमा राप्रपाकी भगवती पाण्डे १०४८ मत ल्याएर तेस्रो स्थानमा संघर्षत छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *