USAID

सूर्यविनायक-१ मा एमाले विजयी

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–१ मा नेकपा एमालेका सानुकाजी कायस्थ एक हजार ३१० मतले विजयी भएका छन् । उनका निकटम प्रतिद्वन्द्वी राप्रपाका शेखर थापाले एक हजार १३० मत प्राप्त गरे । एमालेबाट वडा सदस्यमा मञ्जु कार्की, कुमार चौलागाईं र कल्पना परियार विजयी भएका छन् । वडा सदस्यमा कांग्रेसबाट घननाथ मिश्र विजयी भएका छन् ।

उक्त नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका निशान ढुङ्गेलले एक हजार ६२६ मतले अग्रता लिएका छन् भने एमालेका वासुदेव थापाले एक हजार ३४८ मत प्राप्त गरेका छन् । उपप्रमुखमा एमालेकै सरिता भट्टराईले एक हजार ३५१ मतले अग्रता कायम गरेकी छन् भने निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेकपा समाजवादीका श्यामसुन्दर बस्नेतले ८०७ मत प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *