नवलपरासी । नेपाली काँग्रेसकाे पुरानाे गढ ताेड्दै नवलपरासी (बर्दघाट–सुस्तापूर्व) बाैदीकालीकाे अध्यक्षमा एमालेका प्रकाश ओझाले ३९७६ मत ल्याएर विजयी भएका छन् । नेपाली कांग्रेसका केबी रानाले ३५४१ मत ल्याएर पराजित भएका छन् ।
गाउँपालिका उपाध्यक्षमा पनि एमालेकी दिलकुमारी सारु ३९६२ मतसहित विजयी भएकी छन् । उनकी प्रतिस्पर्धी काँग्रेसका धनकान्ती घिमिरेले ३५०६ मत ल्याइन् ।
पालिकाका वडामध्ये एमालेबाट १ मा अनील थापा, २ मा श्यामसुन्दर श्रेष्ठ, ३ मा तेजबहादुर थापा झेडी र ५ मा खिमबहादुर थापा खरूमगर प्यानलसहित विजय भएका छन् । त्यसैले गरी वडा ४ मा मनबहादुर सारू र ६ मा खुमबहादुर सारू काँग्रेसबाट प्यानलसहित विजय भएका छन् ।