कार दुर्घटनामा चर्चित पूर्वक्रिकेटर एन्ड्रयु साइमन्डसको मृत्यु

काठमाडौं। अस्ट्रेलियाका पूर्वक्रिकेटर एन्ड्रयु साइमन्ड्सको कार दुर्घटनामा मृत्यु भएको छ। उनी मात्र सवार कार क्विन्स्ल्यान्डको टाउन्सभिल सहरनजिकै दुर्घटनाग्रस्त भएको थियो।

क्विन्स्ल्यान्ड प्रहरीका अनुसार सहरभन्दा ५० किलोमिटर पश्चिममा पर्ने हर्वी रेन्जमा भएको दुर्घटनामा उनको मृत्यु भएको हो। साइमन्ड्सले २०१२ मा खेलबाट सन्यास लिएका थिए। एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *