USAID

भरतपुरमा रेणुको अग्रता, पछ्याउँदै सुवेदी

चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहालले फेरि अग्रता लिएकी छन् । ७ सय मत गणना गर्दा दाहालले २७८, नेकपा एमालेका विजय सुवेदीले २५८ र स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ९४ मत प्राप्त गरेका छन् ।

भरतपुरमा अहिले तीन स्थानमा मतगणना भइरहेको छ । यसअघि एक स्थानमा मात्रै मत गणना भइरहेको थियो । शुक्रबार भएको मतदानमा भरतपुर महानगरपालिकाका १ लाख २७ हजार ५६६ जनाले मतदान गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *