डोल्पाको जगदुल्ला गाउँपालिकाको अध्यक्षमा माओवादीका नारासिंह रोकाया विजयी

डोल्पा । नेकपा माओवादी केन्द्रले डोल्पाबाट स्थानीय तहमा खाता खोलेको छ । डोल्पाको जगदुल्ला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका नारासिंह रोकाया विजयी भएका छन् ।

रोकाया ७७० मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका हेमबहादुर महताराले ७४६ मत ल्याएका छन् । उपाध्यक्षमा पनि माओवादी केन्द्रकी अमरिता बोहोरा विजयी भएकी छन् । उनले ७५९ मत ल्याइन् भने प्रतिद्वन्द्वी एमालेकी चन्द्रावतिथापाले ७४९ मत पाएकी छन् । ६ वडा रहेको पालिकामा २ वटा वडामा माओवादी, ३ वटामा एमाले र एउटा वडामा कांग्रेस विजयी भएको छ ।

वडानम्बर १ मा एमालेका शेरबहादुर लामा १११ मतसहित विजयी भएका छन् मावादीका प्रकाश रोकायले ६६ मत ल्याएका छन् । वडानम्बर २ मा कांग्रेसका भानुभक्त बुढाथोकी १३० मतका साथ विजयी भएका छन् भने माओवादीका विमल बुढाथोकी ६१ मत ल्याएर दोस्रो भए ।

वडा नम्बर–३ मा एमालेका भक्तबहादुर बोहोराले १३४ मत ल्याएर विजयी हुँदा माओवादीका लालबहादुर बोहोराले १३२ मत ल्याए । वडानम्बर ४ मा माओवादीका भीमप्रसाद बोहोरा २३३ मत ल्याएर विजयी भएका छन् । वडा नम्बर ५ मा माओवादीकै भीमबहादुर बोहोरा १५२ मत ल्याएर विजयी भएका छन् । वडानम्बर ६ मा एमालेका कालीबहादुर बुढा १५९ मत ल्याएर अध्यक्षमा विजयी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *