जनकपुरमा उपमहानगरमा बागीले लिए सुरुवाती अग्रता

जनकपुर । जनकपुर उपमहानगरपालिकामा शुरुआती मतगणना अनुसार नेपाली काँग्रेसका बागी उम्मेदवारले अग्रता लिएका छन् । कांग्रेसका बागीलाई स्वतन्त्र उम्मेदवारले पछ्याई रहेकाछन्।

मतगणनाका क्रममा नेपाली काँग्रेसका बागी उम्मेदवार मनोजकुमार साहको घण्टाघर चिह्नमा ३९ मत प्राप्त गरेका छन्। स्वतन्त्र उम्मेदवार बलराम महतोको आँप चिह्नमा १० मत पाएका छन भने अर्का स्वतन्त्र उम्मेदवार जानकीराम साहको लालटिन चिन्हमा ७ मत ल्याएका छन् ।

एमालेका शिवशंकर साह हिराको पक्षमा पनि ७ मत परेको छ । जसपाका गठबन्धन उम्मेदवार लालकिशोर साहको छाता चिन्हमा ३ मत परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *