युएईका राष्ट्रपति शेख खलिफाको निधन

संयुक्त अरब इमिरेट्स (यूएई)का राष्ट्रपति तथा अबु धाबीका शासक सेख खलिफा बिन जायेद अल नह्यानको निधन भएको छ । सेख खलिफाको शुक्रवार ७४ वर्षको उमेरमा निधन भएको राष्ट्रपति मामिला मन्त्रालयलाई उदृत गर्दै खलीज टाइम्सले उल्लेख गरेको छ।

मृत्युको कारणबारे भने खुलाइएको छैन । सेख खलिफा बिन जायेद अल नह्यानले २००४ नोभेम्बर ३ देखि यूएईको राष्ट्रपति तथा अबु धाबीको शासकको जिम्मेवारी सम्हालेका थिए। पिता शेख जायेद बिन सुल्तान अल नह्यानको निधनपछि उनी निर्वाचित भएका थिए ।

शेख जायेद पहिलो राष्ट्रपतिको रुपमा १९७१ देखि मृत्युपर्यन्त पदमा थिए। उनको २००४ नोभेम्बर २ मा मृत्यु भएको थियो । १९४८ मा जन्मेका शेख खलिफा यूएईका दोस्रो राष्ट्रपति तथा अबु धाबीका १६औँ शासक हुन्। उनी शेख जायेदका जेठा छोरा थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *