आयोगले सोध्यो बाबुरामलाई स्पष्टीकरणः १५ हजार जरिवाना किन नगर्ने ?

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ । मतदानका क्रममा मत संकेत समेत देखाएर खिचेको तस्बिर सार्वजनिक गरेको विषयलाई लिएर कारबाही किन गर्नु नपर्ने हो भनेर आयोगले भट्टराईलाई स्पष्टीकरण सोधेको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भट्टराईलाई प्रष्टीकरण सोधेको जानकारी दिए ।

आयोगले भट्टराईलाई भनेको छ, ’मत संकेत गर्ने गोप्य कक्षमा फोटो खिच्ने कुनै सामग्री लान नहुने र मत संकेत गरेको मतपत्रको फोटो खिच्न नहुने कानुनी व्यवस्थाको अवज्ञा गर्दै के कति कारणले निसिद्ध स्थानमा लान नमिल्ने सामग्रीमार्फत फोटो लिन लगाई सो फोटो सार्वजनिक गर्नु भएको हो ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *