रनिल विक्रमासिंघे श्रीलंकाको प्रधानमन्त्री नियुक्त

ठूलो आर्थिक संकटको सामना गरिरहेको श्रीलंकाको नयाँ प्रधानमन्त्रीमा रनिल विक्रमासिंघे नियुक्त भएका छन् । राष्ट्रपति गोटाबाया राजापाक्षेले बिहीबार उनलाई पद तथा गोपनीयताको सपथ गराएका छन् । यसअघि चार पटक प्रधानमन्त्री भइसकेका विक्रमासिंघेले आफ्नो पाँचौँ कार्यकालमा धराशायी बनेको मुलुकको अर्थतन्त्र उकास्ने अपेक्षा गरिएको छ ।

आर्थिक संकटको विरोधमा हिंसात्मक प्रदर्शन भएपछि सोमबार महिन्दा राजापाक्षेले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । प्रमुख विपक्षी दलहरूले सरकारको नेतृत्व गर्न राष्ट्रपतिले गरेको आह्वानलाई अस्वीकार गरेपछि २२५ सदस्यीय संसदमा एक सिटमात्र रहेको युनाइटेड नेसनल पार्टी (यूपीए)का ७३ वर्षीय विक्रमासिंघे प्रधानमन्त्री बनेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *