कांग्रेसद्वारा पूर्वसांसद श्रेष्ठसहित भरतपुरका पाँच नेता निलम्बन

काठमाडौँ । नेपाली कांग्रेसले सत्ता गठबन्धनको निर्णय विपरित जाने चितवनको भरतपुर महानगरपालिकाका पाँच नेतालाई पार्टीको साधारण सदस्यबाट निलम्बन गरेको छ । भरतपुर महानगरपालिकामा गठबन्धन दलबीच तालमेल हुँदा मेयरमा नेकपा माओवादी केन्द्र र उपमेयरमा नेपाली कांग्रेसबाट उम्मेदवार छन् ।

तर, कांग्रेसका स्थानीय नेता कार्यकर्ताले गठबन्धनको निर्णय विपरीत गतिविधि गरेको भन्दै कांग्रेस केन्द्रीय कार्यालयले पार्टीको साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरेको हो । चिवतनका पूर्वसांसद भीमबहादुर श्रेष्ठ, पूर्वकेन्द्रीय सदस्य शम्भुप्रसाद अर्याल, क्षेत्रीय प्रतिनिधि सूर्य बस्नेत, पूर्वजिल्ला सचिव आनन्दराज राउत र क्रियाशील सदस्य केशव पौडेललाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिएको केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव प्रदिप पराजुलीले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *