गोरखामा माओवादी कार्यकर्ता कुटिए

गोरखा । गोरखामा नेकपा (माओवादी केन्द्र)का कार्यकर्तामाथि कुटपिट भएको छ। स्थानीय तह निर्वाचनको मौन अवधिका बेला अजिरकोट गाउँपालिका(१ घ्याच्चोकमा बुधबार राति माओवादीका कार्यकर्ता विष्णु भुजेल र बेलबहादुर गुरुङमाथि कुटपिट भएको हो।

प्रहरीका अनुसार उनीहरुलाई जौवारी स्वास्थ चौकीबाट थप उपचारका लागि गोरखा अस्पताल, गमेरखा लगिएको छ। कांग्रेसका वडाध्यक्षका उम्मेदवार ओमबहादुर गुरूङ नेतृत्वको टोलीले उनीहरूमाथि आक्रमण गरेको माओवादीले दाबी गरेको छ।

बुधबार साँझ ८ बजेतिर खाना खान खाइरहेका समयमा भुजेल र गुरुङमाथि खुकुरी, ढुंगा, चिरपटलगायतका हतियार प्रयोग गरिआक्रमण गरिएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *