बुटवल बम विष्फोटमा संलग्नको अझै खुलेन पहिचान

काठमाडौं। बुधबार राती बुटवलमा भएको बम विस्फोटको कसले गरायो भन्ने अझै खुल्न सकेको छैन् । स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा बुटवको मिलनचोकमा बुधबार साँझ साढे ८ बजेतिर बम विष्फोट भएको थियो ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार मिलनचोकमा रहेको सनराइज बैंकको अगाडि प्रेसर कुकर बम विष्फोट भएको हो । विष्फोटको जिम्मा अहिलेसम्म कसैले लिएको छैन। घटनास्थलबाट प्रहरीले नेकपा माओवादी नामको पर्चा भेटेको र उक्त पर्चामा स्थानीय निर्वाचन बहिस्कार गरौं भनेर लेखिएको प्रहरीले जनाएको छ ।

बम विष्फोट भएको थाहा पाएपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घनास्थल पुगेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *