प्रधानमन्त्री देउवाले गन्यापधुराको असिग्राम ‘ख’ केन्द्रबाट मतदान गर्ने

डडेल्धुरा। प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनमा गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवाखोलामा रहेको मतदान केन्द्र ‘ख’ बाट मताधिकार प्रयोग गर्ने भएका छन् ।

शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा प्रधानमन्त्री देउवाले असिग्राम मावि रुवाखोलाबाट मतदान गर्ने सहायक मतदान अधिकृत दिलीप तामाङले जानकारी दिएका छन् ।

प्रधानमन्त्री देउवा केही दिनदेखि गृह जिल्लामै रहेका छन् । गन्यापधुरामा कुल मतदाता सङ्ख्या १० हजार ४१४ र १४ वटा मतदान केन्द्र छन् । यसअघि पनि प्रधानमन्त्रीले यही मतदान केन्द्रबाट मताधिकार प्रयोग गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *