काठमाडौँ महानगरमा माओवादीबाट तीनजना वडा अध्यक्षका उम्मेदवार एमाले प्रवेश

काठमाडौं । नेकपा माओवादी केन्द्रकातर्फबाट काठमाडौँ महानगरपालिकामा वडाध्यक्षको उम्मेदवार बनेका तीनजना नेकपा एमाले प्रवेश गरेका छन् । सोमबार माओवादी केन्द्रबाट वडा नम्बर २४ को वडाध्यक्ष पदमा उठेका राजेन्द्र श्रेष्ठ एमालेमा प्रवेश गरेका छन् । केही दिनअघि मात्रै वडा नम्बर १३ र १५ बाट वडाअध्यको उम्मेदवार बनेका दुईजना एमालेमा प्रवेश गरेका थिए ।

उनीहरुसहित माओवादी परित्याग गरी एमाले प्रवेश गर्ने २४ जनालाई नेकपा एमाले काठमाडौँ जिल्लाका सचिव राजेश शाक्यले टीका लगाएर एमालेमा स्वागत गरे । पार्टी प्रवेशपछि सम्वोधन गर्दै श्रेष्ठले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनमा सन्तान जिताउनेबाहेक कार्यकर्ताको संरक्षणमा ध्यान नदिएको बताए ।

उनले नातावाद र कृपावादलाई प्राथमिकता दिँदा पार्टीमा लामो योगदान गरेका कार्यकर्ता पाखा परेको भन्दै असन्तुष्टि पोखे । यसअघि माओवादीबाट काठमाडौँ महानगरपालिका वडा–१३ को वडाध्यक्षको उम्मेदवार रामशरण डंगोल र १५ को वडाध्यक्ष उम्मेदवार रत्नकाजी महर्जन पनि पार्टी परित्याग गरी एमाले प्रवेश गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *