USAID

दुई गोलको अग्रता जोगाउन नसक्दा पीएसजी रोकियो

एजेन्सी । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मन(पीएसजी) बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा दुई गोलको अग्रता जोगाउन नसक्दा पीएसजी ट्रोयेससँग २-२ गोलको बराबरीमा रोकिएको हो ।

घरेलु मैदानमा भएको खेलमा पीएसजीको लागि मार्क्विन्होस र नेयमार जुनियरले एक/एक गोल गर्दा ट्रोयेसको लागि इके उग्बो र फ्लोरिएन टार्डिएउले एक/एक गोल फर्काए । खेलको छैटौं मिनेटमै डि मारियाको पासमा मार्विन्होसले गोल गर्दै पीएसजीलाई शुरुवाती अग्रता दिलाएका थिए । २५ औं मिनेटमा नेयमारले गोल गर्दै पीएसजीको अग्रता दोब्वर बनाए ।

३० औं मिनेटमा उग्बोले गोल गर्दै ट्रोयेसलाई २-१ गोलको स्थितिमा ल्याएका थिए । ४९ औं मिनेटमा फ्लोरिएनले पेनाल्टीमा गोल गर्दै पीएसजीलाई २-२ गोलको बराबरीमा ल्याए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल २-२ गोलको बराबरीमा सकिएको हो ।

बराबरीका बाबजुत च्याम्पियन पीएसजी ३६ खेलबाट ८० अङ्कको साथ लिगको शिर्ष स्थानमा यथावत छ भने पराजित ट्रोयेस समान खेलबाट ३७ अङ्कको साथ १५ औं स्थानमा रहेको छ ।

CivActsAd

Leave a Reply

Your email address will not be published.