नेपालको वरीयता खस्कियो, सिधै विश्वकप खेल्ने लक्ष्यमा धक्का

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको टि-२० र एकदिवसीयको वरियता खस्किएको छ । बुधबार अन्तराष्ट्रिय क्रिकेट परिषद्(आईसीसी)ले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालको दुवै टि-२० र एकदिवसीयको वरियता एक/एक स्थान खस्किएको हो ।

वरीयताको १२ औं स्थानमा रहेको नेपाल एक स्थान तल झर्दै १३ औं स्थानमा रहेको छ । यससँगै सन् २०२४ मा हुने टि-२० विश्वकपमा सिधै छनोट हुने नेपालको लक्ष्यमा धक्का लागेको हो । आगामी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टी-२० विश्वकपमा शिर्ष आठमा पुग्ने टिमले सोझै अर्को विश्वकपमा स्थान बनाउनेछन । त्यसबाहेक वरीयताको आधारमा अरु दुई टिमले विश्वकपमा स्थान बनाउनेछन् ।

अब सिधै विश्वकपमा छनोट हुन नेपाललाई वरीयता सुधार गर्न दबाद रहेको छ । अब नेपालले नोभेम्बर १४, २०२२ सम्म आफ्नो वरीयतामा सुधार गर्नुपर्नेछ । अन्यथा विश्वकप खेल्न छनोटको एसियाली क्षेत्रबाट दुई स्थानमा पर्नुपर्नेछ । नेपाललाई पछि पार्दै एक स्थानमाथि उक्लिएको युएई १२ औ स्थानमा रहेको छ भने जिम्बाब्वे ११ औं स्थानमा छ । यस्तै भारत वरीयताको शिर्ष स्थानमा छ भने इंग्ल्याण्ड दोस्रो र पाकिस्तान तेस्रो स्थानमा रहेको छ ।

एकदिवसीयतर्फपनि नेपाल एक स्थान तल झर्दै १९ औं स्थानमा पुगेको छ । घरेलु मैदानमा पीएसजीविरुद्ध भएको दुई खेलको सिरिजमा क्लिन स्विपको हार बेहोरेपछि नेपालको वरीयता खस्किएको हो । पीएसजी २० औं स्थानमा रहेको छ । यस्तै ओमान १६ औं, नामिबिया १७ औं र अमेरिका १८ औं स्थानमा छन् शिर्ष पाँचमा क्रमश: न्युजिल्यान्ड, इंग्ल्याण्ड, अष्ट्रेलिया, भारत र पाकिस्तान रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *