रोनाल्डो रियल म्याड्रिड फर्किने चर्चा

काठमाडौं  । पोर्चुगिज सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डो सन् २०१८ मा स्पेनिस महारथी रियल म्याड्रिड छोड्दै युभेन्टस पुगेका थिए । म्याड्रिडलाई लगातार तीन च्याम्पियन लिगको उपाधि जिताएपछि इटालियन क्लब पुगेका रोनाल्डो गत सिजन म्यानचेस्टर युनाइटेड फर्किए । जहाँ उनले आफ्नो नाम विश्वसामु स्थापित गरेका थिए ।

३७ वर्षीय रोनाल्डोले फेरी एकपटक टिम परिवर्तन गर्ने खबर पछिल्लो समय संचारमाध्यममा छाएको छ । तर यस हल्ला कुनै नौलो भने हैन । हरेक वर्ष यस्ता मन गणन्ते हल्लाहरु सामाजिक सञ्जालमा मज्जाले छाएको हुन्छ । रोनाल्डोले गत समरमा युनाइटेडसँग दुई वर्षको सम्झौता गरेका थिए भने एक वर्ष थप्न पाउनेपनि सम्झौतामा उल्लेख छ । हाल खराब प्रदर्शनबाट गुज्रिरहेको म्यानचेस्टर युनाइटेडले नयाँ सिजनको लागि डच प्रशिक्षक इरिक टेन हागलाई नियुक्त गरिसकेको छ ।

युनाइटेडको टिममा पुननिर्माण गर्ने लक्ष्यमा रहेकाले रोनाल्डो हागको टिममा अटाउन गाह्रो रहेको धेरैले आकलन गरेका छन् । यस्तै रोनाल्डोपनि प्रिमियर लिगमा युनाइटेडको महत्वाकांक्षा र प्रतिस्पर्धाको कमीबाट निराश रहेको बुज्न सकिन्छ । हाल युनाइटेड लिगको छैटौं स्थानमा रहेको छ । त्यसैले आगामि सिजन युनाइटेड च्याम्पियन लिग फूटबलको लागि छनोट हुन नसक्ने लगभग निश्चित नै छ । आफ्नो पछिल्लो ५ खेलमा मात्र एक जीत निकालेको युनाइटेड युरोपा लिग खेल्नेमापनि प्रश्न गर्न सकिने ठाउँ छ ।

इंग्लिस पत्रिका ‘दी मिरर’ले रोनाल्डो रियल म्याड्रिड फर्किने बारेमा समाचार छापेको थियो । दुवै क्लब र रोनाल्डो यस विषयमा सकरात्मक रहेको मिररले जनाएको छ । तर यस समरमा म्याड्रिडको मुख्य प्राथमिकता पेरिस सेन्ट जर्मन(पीएसजी)बाट किलियन एम्बाप्पे भित्र्याउने रहेको छ । एम्बाप्पेलाई क्लबमा ल्याउन म्याड्रिड पछिल्लो तीन वर्षदेखि लागिपरेको छ । यदि एम्बाप्पे पीएसजीमै बसेको खण्डमा मात्र रोनाल्डोको लागि बाटो खुल्न सक्छ ।

यसअघि रोनाल्डोले आठ वर्ष रियल म्याड्रिडमा बिताएका थिए । उक्त ८ वर्षमा उनले ४ सय ३८ खेल खेल्दै ४ सय ५० गोल गरेका थिए भने १ सय ३२ एसिस्टपनि दिएका थिए । त्यसक्रममा उनले चार च्याम्पियन्स लिग, दुई ला लिगा र ४ बेलन डी’ओर जितेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *