निर्वाचन आयोगको अनुगमन टोलीद्वारा निर्वाचन सामग्री जफत

काठमाडौंं। निर्वाचन आयोगको अनुगमन टोलीले काठमाडौंको केही ठाउँमा स्थलगत अनुगमन गरी राजनीतिक दलको झण्डा तथा निर्वाचन आचारसंहिता प्रतिकूल हुने सामग्री जफत गरेको छ । आयोगका शाखा अधिकृत सुरज पोखरेलको नेतृत्वमा गएको टोलीले सो चुनावी सामग्री जफत गरेको हो ।

आयोगका सहसचिव तथा प्रवक्ता शालिग्राम शर्मा पौडेलकाअनुसार आयोगको अनुगमन टोलीले काठमाडौंको रत्नपार्क, बागबजार, पुतलीसडक, टुँडीखेल, शहिदगेट, भोटाहिटी, घण्टाघर क्षेत्र वरिपरि शनिबार स्थलगत अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा सार्वजनिक स्थलमा रहेका राजनीतिक दलका झण्डा ३०० थान, सो क्षेत्रका विभिन्न पसलमा राखिएका दलका निर्वाचन चिन्ह अङ्कित क्याप २०० थान, झोला २ बण्डल (करिब १०० थान), टीसर्ट १० थान, दलको व्यानर ३ थान जफत गरेको छ । गोरखापत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *