पोखरा । नेकपा एमाले पोखरा महानगरपालिका कमिटीले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । शनिबार एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, मेयरका प्रत्यासी कृष्णबहादुर थापा र उपमेयरकी प्रत्यासी मञ्जुदेवी गुरूङलगायतले चुनावी घोषणापत्र सार्वजनिक गरेका छन्
घोषणापत्रमा केरुङ, काठमाडौं हुँदै पोखरा लुम्बिनीसम्म रेलमार्ग सञ्चालन र कोरला भैंसालोटन नाका हुँदै अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन गर्ने घोषणापत्रमा उल्लेख गरिएको छ ।
त्यस्तै एमालेले विकास प्राधिकरणमार्फत पर्यटन, शिक्षा, खेलकुदको विकास गर्ने जनाएको छ । एमालेले पोखराको मेयरमा कृष्ण थापा र उपमेयरमा मञ्जुदेवी गुरुङलाई उम्मेदवार बनाएको छ ।
