२० अंकले घट्यो नेप्से

काठमाडौं । बिहीबार शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से बिहीबार १९ दशमलव ९७ अङ्कले घटेर दुई हजार तीन सय ५६ दशमलव २० बिन्दुमा झरेको छ ।

सबै समूहको शेयर आज ओरालो लागेको छ । नेप्से घटे पनि कारोबार रकममा भने सामान्य सुधार आएको छ । दुई सय २६ वटा कम्पनीका ४५ लाख ७४ हजार कित्ता शेयर एक अर्ब ४९ करोड ६२ लाख रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै आईएमई जनरल इन्स्योरेन्स कम्पनीको पाँच करोड २५ लाख रुपैयाँको शेयर किनबेच भएको छ । आज सबैभन्दा धेरै गुहेश्री मर्चेन्ट एन्ड फाइनान्स कम्पनीको शेयर झन्डै चार प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि जाल्पा लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *