USAID

आयोगले आजदेखि उम्मेदवारविरुद्ध परेका उजुरी छानबिन गर्ने

काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत आज र भोलि निर्वाचन आयोगले मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने कार्यतालिका रहेको छ ।

आइतबार र सोमबार मनोनयन दर्ता गराएको आयोगले मंगलबार उम्मेदवारको विरोधमा उजुरी दिन सकिने व्यवस्था गरेको थियो। त्यस्तै, बैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, १६ गते उम्मेदवारले नाम फिर्ता लिन सक्ने र सोही दिन नै निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ ।

आयोगले बैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको छ। त्यसपछि उम्मेदवारले प्रचार प्रसारका लागि १० दिनको समय पाउनेछन् । बैशाख ३० गते निर्वाचन सुरु हुनु अगाडिको ४८ घन्टा मौन अवधि हुनेछ। मौन अवधि सुरु हुनु अघिसम्म उम्मेदवारले प्रचार प्रसारका लागि समय पाउनेछन्। बैशाख ३० गते बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुनेछ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *