कांग्रेस एमालेसँग चुनावी प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामाः महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्तारुढ नेपाली काँग्रेस आफ्नो पार्टीसँग चुनावी प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा पुगेको बताएका छन् ।

मंगलबार एमाले सम्पर्क समन्वय कमिटीले आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले काँग्रेससहितका सत्तारुढ दलले आफ्नो पार्टीसँग एक्लै चुनावी लड्ने आँट गर्न नसकेको बताएका हुन् ।

उनले स्थानीय तह निर्वाचनमा सत्तारुढ दलहरुले एमालेसँग पराजित हुने डरले चुनावी गठबन्धन गरेका उल्लेख गर्दै एमाले मुलुकको सबैभन्दा ठूलो शक्तिको रुपमा स्थापित भइसकेको जिकिर गरे ।

उनले सत्तारुढ दलहरुले स्थानीय तह निर्वाचनमा उम्मेदवारी मनोनयन गर्दा नै निराशा प्रदर्शन गरेको बताए । महासचिव पोखरेलले नेपालको राजनीतिक इतिहासमा सबैभन्दा बढी विधि र प्रक्रिया उल्लंघन गर्ने नेताको रुपमा माधवकुमार नेपाल रहेको टिप्पणी गरे । उनले एमालेमा छँदा एक व्यक्ति, एक पदको नारा दिने माधव नेपालले अहिले पार्टीको अध्यक्ष र संसदीय दल दुवै लिएर त्यसको धज्जी उडाएको पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *