काठमाडौं । हिजो आइतबार एकैदिन ९६ अंकले बढ्दा नेप्सेमा हरियाली छाएको छ । सेयर बजार एकाएक एकैदिन ४ दशमलव ११ प्रतिशतले वृद्धि भएर नेप्से परिसूचक २४ सय २० दशमलव ९७ बिन्दुमा पुगेर बन्द भएको छ ।
नेप्सेमा बुधबार ६६ लाख ३९ हजार कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ५३ करोड १२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यो कारोबार गत बिहीबारको कारोबार रकमभन्दा करिब ९० करोड रुपैयाँभन्दा बढी हो ।
बिहीबार नेप्सेमा ३९ लाख ९१ हजार कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब ६२ करोड ९१ लाख ६२ हजार ८ सय ४८ रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आइतबार लाइफ इन्स्योरेन्स र नन् लाइफ इन्स्योरेन्सका सेयर धनीले मनग्य नाफा कमाएका छन् । लाइफ इन्स्योरेन्स परिसूचकमा ४ सय २३ अंकले बढेर १३ हजार ३५ बिन्दुमा पुगेको छ भने र नन् लाइफ इन्स्योरेन्स परिसूचक ४ सय ३४ अंकले बढेर १० हजार ९ सय ६१ अंकमा पुगेर बन्द भएको छ ।
बजारमा १ सय ९३ कम्पनीका सेयरधनीले नाफा कमाएका छन् भने एउटा मात्र कम्पनी नेस्टो लघुवित्तको सेयर धनीले गुमाएका छन् । नेप्सेमा १० कम्पनीको सेयर मूल्यमा सर्किट लाग्दा ३६ कम्पनीले ९ प्रतिशतभन्दा बढी नाफामा कारोबार भएको छ । आइतवार ४३ हजार ४ सय ५० पटक कारोबार भएको थियो । आइतबार दुई दर्जन बढी कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको आजको राजधानी दैनिकमा खवर छ ।