USAID

भारतमा एकैदिन दुई हजार ५९३ जनालाई कोरोना संक्रमण

भारत २४ घण्टाको समयावधि दुई हजार ५९३ जना कोरोनाका थप सङ्क्रमति भएपछि कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ३० लाख ५७ हजार ५४५ जना पुगेको छ । विगत केही महिनायता न्यून विन्दुमा पुगेको कोरोना भाइरस सङ्क्रमणको पुनः नयाँ सङ्क्रमितको सङ्ख्या दुई हजार नाघेको यो लगातार पाँचौ दिन हो ।

यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप ४४ जनाको मृत्यु भएपछि मृत्यु हुनेको सङ्ख्या पाँच लाख २२ हजार १९३ पुगेको छ ।यहाँ अझै पनि सक्रिय सङ्क्रमित १५ हजार ८७३ जना रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ । भारतमा केही महिनायताबाट सक्रिय सङ्क्रमित घट्ने क्रम जारी रहेको थियो ।

तर केही दिनयताबाट सक्रिय सङ्क्रमति बढेको पाइएको छ । २४ घण्टाको समयावधी अर्थात् बिहीबार मध्यरातिसम्म एक हजार ७५५ जना कोरोना निको भएका छन् । यसैसँगै हालसम्म चार करोड २५ लाख १९ हजार ४७९ जना सफलतापूर्वक कोरोना सङ्क्रमण निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

CivActsAd

Leave a Reply

Your email address will not be published.