कैलालीको मुक्त कमैया शिविरमा भीषण आगलागी, ७० भन्दा बढी घर जलेर नष्ट

धनगढी । कैलालीको कैलारी गाउँपालिका–७ मा रहेको मुक्त कमैया शिविरमा भीषण आगलागी भएको छ। आइतबार दिउँसो बिपतपुर शिविरमा आगलागी भएको वडाअध्यक्ष कमल प्रसाद चौधरीले जानकारी दिएका छन् ।

उनका अनुसार आगलागीबाट बस्तीका ७३ घर जलेर सखाप भएका छन्। उनले भने,‘हालसम्म मानविय क्षति भएको छैन। गौरीगंगाको दमकल बोलाएका थियौं तर आगो नियन्त्रणमा आएको छैन ।’

आगलागी नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीको टोली, कैलाली प्रहरी, स्थानीय र २ वटा दमकलले प्रयास गरिरहेका छन्। तर आगो भने नियन्त्रणमा आएको छैन। हालसम्म आगलागीको कारण खुलेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *