USAID

मेस्सीको गोल, पीएसजी लिग च्याम्पियन

एजेन्सी । पेरिस सेन्ट जर्मन(पीएसजी)ले फेन्च लिग वानको उपाधि जितेको छ । शनिबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको लेन्ससँग १-१ गोलको बराबरी खेल्दै पीएसजीले चार खेल अगावै लिग जितेको हो । यससँगै पीएसजीले पछिल्लो १० सिजनमा ८ पटक लिगको उपाधि जितेको छ ।

घरेलु मैदानमा भएको खेलमा पीएसजीको लागि लियोनल मेस्सीले एक गोल गर्दा लेन्सको लागि कोरेन्तिन जेनले एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६८ औं मिनेटमा नेयमारको पासमा मेस्सीले गोल गर्दै पीएसजीलाई शुरुवाती अग्रता दिलाएका थिए ।

यसअघि ५७ औं मिनेटमा केभिन डान्सो दुई पहेलो कार्ड सँगै रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि लेन्स १० खेलाडीमा समेटिएको थियो । निर्धारित समयको दुई मिनेट बाँकी रहेको अवस्थामा माचेडोको पासमा जेनले गोल गरेपछि खेल १-१ गोलको बराबरीमा सकिएको हो ।

बराबरीसँगै दुवै टोलीले एक-एक अंक बाढे । यससँगै पीएसजी ३४ खेलबाट ७८ अंकको साथ लिगको शिर्ष स्थानमा रहेको छ भने लेन्स समान खेलबाट ५४ अंकको साथ् सातौँ स्थानमा यथावत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *