बुटवल उपमहानगरमा एमाले र राष्ट्रिय जनमुक्ति पार्टीबीच चुनावी तालमेल हुने

बुटवल । आसन्न स्थानीय तह निर्वाचनमा बुटवल उपमहानगरपालिकामा नेकपा एमाले र राष्ट्रिय जनमुक्ति पार्टीबीच सहकार्य गर्ने सहमति भएको छ । सहमति अनुसार उपमहानगर प्रमुख र उपप्रमुखसहित सबै वडाध्यक्ष समेत ८६ पदहरूमा राष्ट्रिय जनमुक्तिले एमालेलाई समर्थन गर्नेछ ।

यस्तै, ११ सदस्यको पदमा एमालेले राष्ट्रिय जनमुक्तिका उमेदवारलाई समर्थन गर्ने सहमति भएको छ । योसँगै निर्वाचन कार्यालय स्थापना, प्रचारप्रसारलगायत स्थानीय निर्वाचनसँग सम्बन्धित सबै काम दुवै पार्टीले संयुक्त रूपमा सञ्चालन गर्ने सहमति भएको जनाइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *