गुजरात र बैंगलोरको नजर शिर्ष स्थान

एजेन्सी । इन्डियन प्रिमियर लिग(आईपीएल) क्रिकेटमा आज दुई खेल हुँदै छ । आज हुने पहिलो खेलमा कलकता नाइट राइडर्स र गुजरात टाइटान्स भिड्दै छन् भने दोस्रो खेलमा सनराइजर्स हैराबाद र रोयल च्यालेन्जर्स बैंगलोर भिड्दैछन् ।

प्रतियोगिताको एक खेलमा मात्र हार बेहोरेको गुजरात आजको खेल जित्दै शिर्ष स्थानमा उक्लिन चाहन्छ । हाल गुजरात ६ खेलबाट १० अंक जोड्दै लिगको दोस्रो स्थानमा रहेको छ । यता कलकतापनि आजको खेलमा सकारात्मक नतिजा निकाल्दै लिगमा आफ्नो स्थान सुधार गर्न चाहन्छ । हाल कलकता ७ खेलबाट ६ अंकको साथ सातौँ स्थानमा रहेको छ ।

यस्तै आजै हुने दोस्रो खेलमा पनि दुवै टोली जीतको खोजीमा हुनेछन् । बैंगलोर ७ खेलबाट १० अंक जोड्दै तेस्रो स्थानमा रहेको छ । बैंगलोरलाई लिगको शिर्ष स्थानमा उक्लिने अवसर रहेको छ भने प्रतियोगितामा खराब शुरुवात गरेको हैराबादले पछिल्लो समय लय समातेको छ । प्रतिगोगीताको शुरुवाती दुई खेलमा पराजित भएको हैराबाद त्यसपछिको चार खेलमा जीत निकाल्दै पाँचौ स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *